नियम १२३
निर्णयको जानकारी र कार्यान्वयन
(१) स्थायी समिति र पूर्ण बैठकबाट भएका निर्णयको जानकारी मुख्य रजिस्ट्रारले सबै न्यायाधीशलाई गराउनेछ।
(२) स्थायी समिति र पूर्ण बैठकबाट भएका निर्णयको कार्यान्वयन गर्ने जिम्मेवारी मुख्य रजिस्ट्रारको हुनेछ ।
(३) विभिन्न समितिबाट भएका निर्णयका बारेमा प्रधान न्यायाधीश समक्ष जानकारी गराउनु पर्नेछ।